काठमाडौं । सरकारले दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाएको छ ।हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संवैधानिक परिषद् काम, कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश गरी दुई वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति कार्यालय पठाइएको स्रोतले जनाएको छ ।
यसअघि यही १७ गतेदेखि आह्वान गरिएको संसद अधिवेशन विशेष कारण देखाउँदै सरकारले स्थगन गराएको थियो ।स्रोतका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासले हाल अध्यादेशबारे कानुनी परामर्श लिइरहेको छ ।
संसद छलेर सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै विभिन्न पक्षबाट आलोचना भइरहेका बेला सरकारले फेरि दुई अध्यादेश अघि बढाएको हो ।




