देश

सुकुम्बासी मुद्दा राजनीति होइन, सहमतिमा सुरक्षित स्थानान्तरण: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्बासी समस्या समाधानलाई सरकारले राजनीतिक मुद्दा नबनाई दीर्घकालीन रूपमा समाधान गर्न अग्रसर रहेको बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकार लागिपरेको बताए ।

मन्त्री पोखरेलले सुकुम्बासी बस्ती हटाउने नाममा जबरजस्ती बल प्रयोग वा डोजर चलाउने योजना नभएको स्पष्ट पार्दै अनुरोध र सहमतिका आधारमा स्थानान्तरण गरिने बताए ।

उनका अनुसार बाढी तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप नागरिकलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया अघि बढाइएको हो ।

फरक प्रसंगमा उनले संसदलाई पर्याप्त ‘बिजनेस’ दिन नसकिएकाले अधिवेशन स्थगन सिफारिस गरिएको उल्लेख गर्दै अध्यादेशमार्फत कानून निर्माण गर्ने पक्षमा सरकार नरहेको पनि स्पष्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *