खेलकुद

नेपाल ‘ए’ को दमदार पुनरागमन: ओमानलाई ११५ रनले हराउँदै श्रृंखला बराबरी

काठमाडौँ । तीन ब्याटरको अर्धशतक प्रेरणामा नेपाल ‘ए’ क्रिकेट टोलीले ओमानसँगको दोस्रो एकदिवसीय खेलमा ११५ रनको जित निकाल्दै दुई खेलको श्रृंखला बराबरी गरेको छ ।

मूलपानीमा शुक्रबार भएको खेलमा ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ‘ए’ ले ओमानलाई सहजै पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले ७ विकेटको क्षतिमा २८४ रन बनाएको थियो । देव खनाल (६४), ईशान पाण्डे (६९) र कुशल मल्ल (५७) ले अर्धशतकीय योगदान दिए ।

जवाफी ब्याटिङमा ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए भने जितेनकुमार र विनायक शुक्लाले क्रमशः २४ र २१ रन जोडे ।

नेपालको बलिङमा युवराज खत्रीले ३ विकेट लिए भने हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २ विकेट हात पारे ।

यस जितसँगै नेपाल ‘ए’ ले पहिलो खेलमा व्यहोरेको ७० रनको हारको बदला लिँदै श्रृंखला १–१ को बराबरीमा पुर्‍याएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *