देश

विद्यार्थी संघसंगठन खारेज गर्ने निर्णय सरकारको अधिनायकवादी कदमः नेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले विद्यार्थी संघसंगठनहरू र स्ववियु खारेज गर्ने निर्णय गर्नु सरकारको अधिनायकवादी कदम भएको बताएका छन् ।

मंगलबर विज्ञप्ति जारी गर्दै खड्काले सरकारबाट लोकतन्त्रको नर्सरी मानिने विद्यार्थी संघसंगठन र स्ववियुको अस्तित्वमाथि प्रहार गरी खारेज गर्ने निर्णय गर्नु आफैमा विरोधाभाषपूर्ण भएको बताएका हुन् ।

उनले सरकारको अधिनायकवादी कदमका रूपमा बुझ्न बाध्य भएका भएको उल्लेख गरेका छन् । उनले सुधारको नाममा इतिहासको अपमान गर्ने र लोकतन्त्रको आधारस्तम्भ भत्काउने कामहरू बन्द गर्न पनि आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *