देश

धनगढी उपमहानगरका विद्यालयमा शुक्रबारदेखि भर्ना अभियान, १४ गतेदेखि कक्षा सुरु

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।

मेयर गोपाल हमालले बिहीबार सूचना जारी गरी शुक्रबारदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका हुन् ।

उनले संघीय सरकारले वैशाख १५ गतेबाट भर्ना अभियान र २१ गतेबाट पठनपाठन सुरु गर्ने भनी पत्राचार गरेपनि यसले विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको उल्लेख गरेका छन् ।

उनले उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई शुक्रबारदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *