देश

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चमा सुनुवाइ जारी, भोलि पनि बहस हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भोलि पनि जारी रहने भएको छ ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा आज पेसी चढेको उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आजको सुनुवाइमा रिट निवेदक (देउवा) पक्षका वकिलहरू र निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

भोलिको सुनुवाइमा गगन–विश्व पक्षका वकिलहरूले बहस गर्ने कार्यक्रम रहेको छ । त्यसपछि जवाफी बहस हुने र सम्भवतः भोलि नै आदेश आउन सक्ने कानुन व्यवसायीहरूले बताएका छन् ।

यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।

त्यसैगरी, १५औँ महाधिवेशनको कार्यतालिका र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि छुट्टै रिट दायर गरेका छन्, जसले विवाद थप पेचिलो बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *