देश

थापाथलीबाट सुकुम्बासी नेता नारायण परियार पक्राउ, पुराना मुद्दामा फरार रहेको खुलासा

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीबाट एक सुकुम्बासी नेता पक्राउ परेका छन् ।

सरकारले बस्ती हटाउने तयारी गरेसँगै उक्त क्षेत्रमा प्रदर्शन भएको थियो । सोही क्रममा सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियारलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार परियार २०७९ सालदेखि ज्यान मार्ने तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *