देश

संसदीय दलको चुनावी प्रक्रिया तीव्र, विधान पारित

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भई अनुमोदनका लागि पार्टीमा पठाइएको छ ।

सांसदहरूको छलफलपछि विधान पारित गरिएको हो । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो ।

संसदीय दल नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार विधान पारित भइसकेको र अब अनुमोदनका लागि पठाइएको छ । उनले दल नेता चयन प्रक्रिया कार्यतालिकाअनुसार अघि बढिरहेको जानकारी दिए ।

उनका अनुसार विधानमा ठूलो परिमार्जन गरिएको छैन । आज मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने भोलि बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने र त्यसलगत्तै मतगणना गरिने कार्यक्रम तय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *