विश्व

करिब एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फिर्ता

काबुल । लगभग एक हजार अफगान शरणार्थी परिवार एकै दिनमा स्वदेश फर्केको बख्तार समाचार एजेन्सीले बिहीबार रिपोर्ट गरेको छ । रिपोर्टका अनुसार छिमेकी इरान र पाकिस्तानबा सवै भन्दा धेरै ९४३ घर परिवार स्वदेश फर्केका छन् ।

स्वदेश फर्कने पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नङ्गरहार प्रान्तको तोरखाम र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डकसहितका प्रमुख सीमा नाका पार गरी अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । हाल अफगानिस्तानले निरन्तर आर्थिक र सामाजिक चुनौतिको सामना गरिरहेको अवस्थामा विभिन्न कठिनाइको बाबजुद, उनीहरूले आफ्नो मातृभूमिमा आफ्नो जीवन पुनर्निर्माण गर्ने आशा बोकेर स्वदेश फर्केको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *