ललितपुर । ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ। मंगलबार पुल्चोकमा निर्मित रथमा मच्छिन्द्रनाथलाई विराजमान गराएसँगै रथयात्रा प्रारम्भ भएको हो ।
आजबाट सुरू भएको रथ जात्रा ललितपुरको पुल्चोक, गावहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पु¥याउने परम्परा रहेको छ । जावलाखेलमा भोटो देखाइसकेपछि जात्रा सम्पन्न हुनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि जात्रा सम्पन्न हुनेछ ।




