देश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा। जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।

सुत्केरी व्यथा लागेर आउनुभएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *