देश

एमालेले गृहमन्त्रीको राजीनामा माग्दै भन्यो- छानबिनका लागि उच्चस्तरीय संयन्त्र गठन गरियोस्

काठमाडौं । नेकपा एमालेले गृहमन्त्री सुधन गुरुङसँग जोडिएका विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरेको छ ।

प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई कुनै पनि प्रकारको दबाब वा प्रभावबाट मुक्त राखेर अघि बढाउनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस्। साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन मार्ग प्रशस्त गर्नुपर्छ।”

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको सम्बन्ध सार्वजनिक भएपछि गृहमन्त्रीमाथि राजीनामाको दबाब बढिरहेको छ ।

एमालेले सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्रीसँग जोडिएको यो प्रकरणले सम्भावित अनियमितता र विसंगतिका पक्षहरू उजागर हुन सक्ने संकेत गरेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *