काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन् ।
उनले दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको जानकारी दिदै भोलि पनि दाबेदारहरूसँग छलफल गर्ने बताए ।दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दाबि गरेका छन् । अहिले सहमतिमै नेता चयनको प्रक्रिया चलिरहेको बताइएको छ । काँग्रेसले प्रकास रसाइली स्नेहीको नेतृत्वमा संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएको छ ।




