काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको केन्द्रीय सदस्यहरूको बैठक बसिरहेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएसँगै खड्काले आफ्नो पक्षीय नेताहरूसँग छलफल थालेका हुन् । बैठकमा १५औँ महाधिवेशनको रणनीतिबारे छलफल भइरहेको बताइएको छ ।
धुम्बाराहीस्थित स्मार्ट होटलमा १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षका नेताहरूलाई बोलाइएको हो । बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, रामहरि खतिवडा, मीन विश्वकर्मालगायतका नेता सहभागी छन् । शेखर कोइराला भने बैठकमा सहभागी छैनन् ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका देउवा पक्षको नेतृत्व गरेका खड्काले शनिबार आफ्नै निवासमा निकटका नेताहरूसँग छलफल गरेका थिए ।




