काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोग प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएकी छिन्।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिँदै आएको खुलासा भएपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई तत्काल अनुसन्धान गर्न निर्देशन दिएकी हुन्।
उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ तथा मातहतका अन्य निकायका ६ गरी कुल २४ वटा सवारी साधन जलेका थिए। पूर्ण रूपमा क्षतिग्रस्त भई प्रयोगयोग्य नरहेका ती सवारी साधनकै विवरण देखाएर इन्धन सुविधा लिने गरिएको पाइएपछि मन्त्रालयले कडाइ गर्ने भएको हो।




