पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तमा अपहरणमा परेको एक महिनाको शिशुलाई प्रहरीले उद्धार गरेको विज्ञप्ति मार्फत जनाइएको छ । शिशुलाई अपहरण गरेको आरोपमा दुई जना लाई पक्राउ गरी हिरासतमा लिएको प्रान्तीय प्रहरी कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख भए अनुसार शिशुलाई एक महिना अघि प्रान्तको सिभिल अस्पतालबाट अपहरणकारीहरुले अपहरण गरेका थिए । उजुरी प्राप्त भए पछि मुद्दा दर्ता गरी अनुसन्धानका क्रममा प्रहरीले बच्चालाई पत्ता लगाइ उद्धार गर्न सक्षम भएको जनाइएको छ ।
हाल बालकलाई उसको परिवारलाई हस्तान्तरण गरिएको पुष्टि गर्दै प्रहरीले आगामी दिनमा प्रान्तमा शान्ति सुरक्षा सुनिश्चित गर्न सक्रिय रहेको जनाइएको छ ।




