देश

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ ।

बैठकमा संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीतिक परिस्थिति लगायत विषयमा छलफल भइरहेको जनाइएको छ ।

कांग्रेसले आजै संसदीय दलको नेता चयन गर्न निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ । सोअनुसार दिउँसो ३ बजे उम्मेदवारी दर्ता, ४:४० बजे अन्तिम नामावली प्रकाशन र ५ बजेपछि मतदान हुनेछ ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारका रूपमा देखिएका छन् । यसबाहेक मोहन आचार्य र निश्कल राईलगायत अन्य नेताहरूको पनि चर्चा छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसका ३८ सांसद रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *