देश

कांग्रेस अनुशासन समितिको बैठक भोलि बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक भोलि (वैशाख १४ गते) बस्ने भएको छ ।

समितिको बैठक सोमबार दिउँसो २:०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने जानकारी दिइएको छ ।

केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले बैठक बस्नेबारे सूचना जारी गर्दै पार्टी नेतृत्वको निर्देशनअनुसार बैठक आह्वान गरिएको उल्लेख गरेका छन् ।

बैठकमा पार्टी अनुशासनसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल हुने बताइएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *