देश

युवा व्यवसायी लिलेन्द्र प्रधान महासंघको कार्यकारिणीमा: अनुभव र ऊर्जा लिएर उम्मेदवारी

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ साधारण सभा तथा निर्वाचन आगामी वैशाख २१ र २२ गते हुँदैछ। उक्त निर्वाचनमा नरेशलाल श्रेष्ठ समूहबाट युवा व्यवसायी लिलेन्द्र प्रसाद प्रधान कार्यकारिणी समिति सदस्य पदका उम्मेदवारका रूपमा अघि आएका छन्।

व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका प्रधानलाई एक सक्षम, ऊर्जावान तथा दूरदर्शी व्यवसायीका रूपमा लिइन्छ। विभिन्न क्षेत्रमा अनुभव बटुलेका उनले निजी क्षेत्रको सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा युवा व्यवसायीको सहभागिता बढाउने एजेन्डासहित उम्मेदवारी दिएका हुन्।

प्रधानले महासंघलाई अझ समावेशी, गतिशील र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले साना तथा मझौला उद्यमीका समस्या समाधान, नीतिगत सुधारका लागि पैरवी तथा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने बताएका छन्।

उनको उम्मेदवारीले महासंघभित्र नयाँ सोच र नेतृत्व विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। युवा पुस्ताको प्रतिनिधित्व गर्दै उनले निजी क्षेत्रलाई अझ सशक्त बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *