देश

सर्वत्र आलोचना भएपछि ‘हेडसर’ थर्काउने रास्वपा सांसद पोखरेलले मागे माफी

काठमाडौँ । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् ।

शनिबार विज्ञप्ति जारी गरी पोखरेलले आफ्नो गल्ती भएको स्वीकार्दै माफी मागेका हुन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो  सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चौतर्फी आलोचना भएको थियो ।

सार्वजनिक जीवनमा रहँदा बोली, व्यवहार र संयम उच्च स्तरको हुनुपर्ने उनले स्वीकार गरेका छन् । प्रधानाध्यापक मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ । कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *