काठमाडौं । मुस्लिम महिलाहरुले विश्वसामु स्वतन्त्रातापूर्वक बाच्न पाउनुपर्ने भन्दै स्विट्जरल्यान्ड सरकारले मुस्लिम महिलाहरुलाई बुर्का नलाउन आग्रह गरेको छ । आजबाट सो सरकारले मुस्लिम महिलाहरुलाई स्वतन्त्रता प्रदान गर्दै सार्वजनिक स्थानमा हिजाब तथा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ ।
समाचार एजेन्सी रोयटर्सले कानूनको उल्लंघन गरे एक लाख ५१ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने बताएको छ । सन् २०२१ मा स्विट्जरल्यान्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । त्यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानून बनेको थियो । जुन आजदेखि लागु भएको छ ।
स्विट्जरल्यान्डभन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड र बुल्गेरियाले यस्तै कानुन बनाइसकेका छन् । नयाँ कानून लागु भएसँगै सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेस्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार देखाएर हिड्नुपर्नेछ ।
सन् २०२२ मा, स्विस संसद्को तल्लो सदनले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनको पक्षमा मतदान गरेको थियो । यसमा १५१ सदस्यले कानुनको पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । एक्काइसौँ शताब्दीको उत्तारार्धसम्म महिलाहरुलाई यसरी बुर्का लगाएर हिड्न लगाउनु मानवअधिकार उल्लङघन हुने भन्दैस्विट्जरल्यान्ड सरकारले नयाँ नियम लागू गरेको हो ।




