देश

महासंघको एसोसिएटतर्फ सचिन ढकालको अग्रता-सर्वाधिक मतसहित शीर्ष स्थानमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यतर्फ भएको निर्वाचनमा सचिन ढकाल सर्वाधिक मतसहित पहिलो स्थानमा निर्वाचित भएका छन्। १७ सदस्यका लागि भएको प्रतिस्पर्धामा उनले १ हजार ३ सय १८ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारे।उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त गोल्छाले १ हजार २ सय २ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्।

अन्य उम्मेदवारहरूले पनि उल्लेख्य मत प्राप्त गर्दै सूचीमा स्थान बनाएका छन्। निवर्तमान अध्यक्ष चन्द्र ढकालका पुत्र रहेका सचिन ढकाल निजी क्षेत्रका उदाउँदा युवा व्यवसायीका रूपमा चिनिन्छन्। उनी आइएमई समूहसँग आबद्ध रहँदै विभिन्न क्षेत्रमा सक्रिय छन्। साथै, फुटबल क्लब एफसी चितवनका अध्यक्षसमेत रहेका उनी खेलकुद, पर्यटन र हस्पिटालिटी क्षेत्रमा पनि संलग्न छन्।

ढकालको व्यवस्थापनमा बाग्लुङमा सञ्चालित इला कम्फर्ट होटल पनि उनको व्यवसायिक विस्तारको उदाहरणका रूपमा रहेको छ। महासंघको एसोसिएटतर्फ निर्वाचित सदस्यमध्ये उनी सबैभन्दा कम उमेरका सदस्य समेत बनेका छन्। यस निर्वाचनले निजी क्षेत्रमा नयाँ पुस्ताको सहभागिता र नेतृत्व उदाउँदै गएको संकेत दिएको विश्लेषण गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *