देश

पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध, वरिष्ठ नेताको जिम्मेवारी दिइने

काठमाडौँ । पूर्वमन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा आवद्ध भएका छन् । लामो समयदेखि चलिरहेको अड्कलबाजीपछि किराती र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच सहमति भएको हो ।

बिहीबार भएको सहमतिअनुसार किरातीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने तयारी गरिएको छ । केही समयअघि प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेका किरातीसँगै उनका केही सहयोगी नेताहरू पनि श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनीहरूमध्ये केहीलाई केन्द्रीय सदस्य बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

यसको औपचारिक घोषणा आज गरिने बताइएको छ । किरातीले गत निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई सहयोग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *