राजनीति

प्रचण्डले बीपीलाई चाडैँ बुझेको भए देशमा हिंसात्मक द्वन्द्व हुँदैन थियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन् । मंगलबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बीपीको मेलमिलाप नीतिबारे व्याख्या गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो समाजलाई बीपीले पहिल्यै संगै जाऔं भन्नुभयो । कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दैगर्दा ढिलो भएको उदाहारण हो, कमरेड प्रचण्ड हुनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘मदन भण्डारीले जुन कालखण्डमा वीपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा प्रचण्डले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो । यतिधेरै मान्छे मारिनु पर्दैन थियो ।

महामन्त्री शर्माले प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएपछि सुन्दरीजलको जेलमा गएर बीपीका सामानहरू हेर्ने सुमसुम्याउने मात्रै भएको बताए । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भए , सुन्दरिजलको जेल गए , वीपीले प्रयोग गरेका सामानहरू हेरे, वीपीले प्रधानमन्त्री छँदा लगाएको कोट सुमसुम्याँए । अनि बाहिर मिडियामा निस्केर भन्नुभयो, वीपी मेरो प्रेरणाको स्रोत भने ,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *