देश

अध्यादेशपछि वीर अस्पतालमा असर-निर्देशक डा. शर्माको राजीनामा, नेतृत्व खाली

काठमाडौं । सरकारी अध्यादेशको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि देखिन थालेको छ। वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले पदबाट राजीनामा दिएका छन्, जससँगै अस्पताल नेतृत्वविहीन बनेको छ।

डा. शर्माले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा बुझाएका हुन्। यद्यपि, उनको राजीनामा हालसम्म स्वीकृत भने भइसकेको छैन। यसअघि सरकारले विभिन्न नियुक्ति खारेज गर्ने उद्देश्यले अध्यादेश ल्याएको थियो, जसअनुसार चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतका पदाधिकारीहरू पदमुक्त भएका थिए। सोही सन्दर्भमा नैतिक आधारमा आफूले राजीनामा दिएको डा। शर्माले बताएका छन्।

यद्यपि, अध्यादेशका आधारमा उनी स्वतः पदमुक्त भने भएका थिएनन्। उनको राजीनामासँगै देशकै प्रमुख अस्पतालमध्ये एक वीर अस्पतालमा नेतृत्व रिक्त भएको छ, जसले प्रशासनिक कार्यमा असर पर्ने चिन्ता बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *