देश

लिपुलेकमा सरकारको स्पष्ट अडान : वार्ताबाट समाधान खोज्ने तयारी

काठमाडौँ । सरकारका प्रवक्ता सस्मित पोखरेलले लिपुलेक नेपालको भूमि भएको विषयमा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले लिपुलेक नेपालको भूभाग हो भन्नेमा कुनै द्विविधा नरहेको बताए । भारतसँग कूटनीतिक संवादमार्फत समाधान खोज्ने सहमति बनेको उल्लेख गर्दै उनले सोही प्रक्रियाबाट अघि बढ्न सरकार तयार रहेको जानकारी दिए ।

उनका अनुसार परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा आफ्नो आधिकारिक धारणा (नोट) जारी गरिसकेको छ । भारतले पनि वार्ता र सहकार्यबाट समाधान निकाल्ने संकेत दिएको उल्लेख गर्दै उनले दुई देशबीच संवादमार्फत सीमासम्बन्धी विवाद समाधान गरिने बताए ।

“यस विषयमा नेपाल सरकार स्पष्ट र प्रतिबद्ध छ । लिपुलेक नेपालको भूमि हो भन्नेमा हाम्रो अडान यथावत् छ । अब बाँकी विषय दुई देशबीच कूटनीतिक वार्ताबाट समाधान गर्ने हो,” प्रवक्ता पोखरेलले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *