देश

सरकारी कर्मचारीलाई अब महिनामा दुई पटक तलब दिने व्यवस्था लागू

काठमाडौँ । सरकारले कर्मचारीलाई महिनामा दुई पटक (१५–१५ दिनको) तलब दिने प्रणाली लागू गरेको छ । सुरुमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीले पहिलो पटक १५ दिनको तलब पाएका छन् ।

अर्थ मन्त्रालयका अनुसार आज अर्थ मन्त्रालय र महालेखाका कर्मचारीले वैशाख महिनाको पहिलो १५ दिनको तलब पाएका हुन्, जुन रकम उनीहरूको बैंक खातामा जम्मा गरिएको छ ।

पहिलो चरणमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयमा यो प्रणाली लागू गरिएको भए पनि अब क्रमिक रूपमा संघीय सरकारका सबै कार्यालयमा विस्तार गरिने महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैशाख ४ गते सरकारी कर्मचारीलाई महिनामा दुई पटक तलब दिने निर्णय गरेका थिए । पाक्षिक रूपमा तलब वितरण गर्दा कर्मचारीलाई सहज हुने र सेवा प्रवाहमा सुधार आउने सरकारको अपेक्षा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *