रिबन

डा.रामशरणलाई गाली गर्नेहरु अब तालि बजाउ

  • -दिनेश आचार्य /
    कोरोना महामारी सुरू हुनु अगाडि नै हाम्रो विदेशी मुद्रा सञ्चिति करिब साढे नौ अर्ब डलरमा झरिसकेको थियो। यसलाई सन्तुलित राख्न केपी ओली सरकारले खासै चासो दिएन ।
    जसै हामीले लकडाउन खुकुलो भयो, रोकिएको आयात एकैपटक डबल परिमाणमा आउन थाल्यो र बिदेशी मुद्रा सोहि स्पिडमा बाहिरीन थाल्यो । त्यतिबेला पनि राष्ट्र बैंकले आयात घटाएर डलर जोगाउन चासो दिएन ।
    इतिहासमै हामी अहिले बिदेशी मुद्रा संचितिको कमजोर अवस्थामा छौं । ६ महिना यस्तै रहे हामिसग अत्यावश्यक औषधि जस्ता सामान बिदेशबाट झिकाउने पैसासम्म हुने छैन ।
    यो कसरी बढ्यो त ?
    २०५८ सालतिर आयात हिस्सा अहिलेजस्तो धेरै थिएन। आयात र निर्यातको अनुपात २ : १ जति थियो।
    त्यो बेला तीनवटा कुरा एकैचोटि भए —
  • 1,रेमिटेन्सले विदेशी मुद्रा सञ्चिति बढ्दै गयो ।
  • 2,माओवादी विद्रोहले वैदेशिक रोजगारी झनै फस्टायो र
  • 3, अति राजनीतिकरणले श्रमिक आन्दोलन हुँदा उद्योगधन्दा चल्न नसक्ने भयो।
    अब उध्योगीहरु उध्योग बन्द गरेर ट्रेडिङ बिजनेसमा लागे र ठुला आयातकर्ता बने । उध्योग चलाउन नसक्नेहरु त उस्सै नै थिए ।
    उता रेमिटेन्सका कारण गाउँगाउँमा बिदेशी सामानको माग भयो । किनकि गरिबको पनि क्रयशक्ति बढेकै थियो । किसानहरु शहरकेन्द्रीत हुँदा उब्जनी घट्यो । अब करेसामा फल्ने तरकारी नै बर्षको ३५ अर्बभन्दा बढीको आयात हुन थाल्यो।
    आयातले सरकार पनि खुश । किनभने आयातबाटै सरकारले कुस्त राजस्व उठाइरहेको थियो । ३ खर्बको बजेटको आकार बढेर १३ खर्ब पुगिसकेको थियो। अब आयातमा कडाइ गर्दा राजस्व लक्ष्य पूरा नहुने हुँदा कुनैपनी अर्थमन्त्री आफ्नो असफलता नदेखियोस भन्दै आयात घटाएर बिदेशी मुद्राको संचिति जोगाउन लागेनन ।
    हुन त अर्थमन्त्रीहरुका के कुरा गर्नु १ पछिल्लो १५ बर्षमा अर्थमन्त्रीको कुर्सीमा बसेकाहरुको अनुहार हेरौं । डा। रामशरण महतपछी कुनचाहिँ गतिलो अर्थशास्त्री त्यो पदमा पुगे र रु केपी ओलीले दोस्रोपल्ट ल्याएका युवराज खतिवडा बिज्ञ भनिए पनि टोटल फेल्डुको ट्याग भिरेर निस्किए ।
    खतिवडाबाहेक यो डेढदशकमा अर्थमन्त्री बनेका अनुहार एकपटक सम्झेर लिस्ट बनाऔं है त ?
    २. सुरेन्द्र पान्डे
    ३.भरतमोहन अधिकारी
    ४.बर्षामान पुन
    ५. शंकर कोइराला
    ६. बिष्णु पौडेर्ल २ पटकै
    ७. कृष्णबहादुर महरा
    ८. ज्ञानेन्द्र बहादुर कार्की
    ९. जनार्दन शर्मा
    यी नामहरुमा तपाईं कसैबाट आर्थिक बिज्ञताको गन्ध पाउनुहुन्छ ? देशको अर्थतन्त्र हाक्ने घा-घडान यिनै र यस्तै हुन त ?
    ‘जिडिपी’को फूलफर्म नजान्नेहरु अर्थमन्त्री बनेपछि देश उभो लाग्छ त ? तै पनि हामी यीनिहरुले समृद्धि लेराईदेला र हामी मोज गरौंला भनेर कुरिरहेछौ ।
    यी लिस्ट बाहेक यसबीचमा अर्थमन्त्री बनेका बाबुराम भट्टराई, रामशरण महत र युवराज खतिवडालाई बिश्लेशकहरुले असल कोटामा राखे ।
    तर दशकभन्दा बढी समय अर्थशास्त्रको नाममा ९ कक्षामा माल्थसको सिद्धान्त घोकेकाहरुले नै देशको अर्थतन्त्र चलाए ।
    अझ वर्तमान अर्थमन्त्रीको योग्यता त गुगल गर्दा पनि थाहै नभएको भनेर देखाउछ । अहिलेको सार्क राष्ट्रहरुको अर्थमन्त्रीहरुको लिस्ट हेर्दा लाजमर्दो नै छ ।
    तानाशाही भनिएको पन्चायतकालमा समेत भरौटेहरुले अर्थमन्त्री र परराष्ट्र मन्त्री बन्न पाएनन र सकेनन । त्यसपछि बहुदलकालमा काग्रेस होस कि कम्निस्ट होस वा राप्रपा सबैले बिज्ञ अर्थशास्त्रीलाई नै अर्थमन्त्री बनाए ।
    राजा ज्ञानेन्द्रले समेत डा. प्रकाशचन्द्र लोहनी, डा. बद्रीप्रसाद श्रेष्ठ, डा. मधुकरशमशेर राणा र डा.रुप ज्योति जस्ता चर्चित अर्थबिज्ञहरुलाई नै छानेर अर्थमन्त्री बनाएथे ।
    तर गणतन्त्र ?
    जनताले ल्याएको गणतन्त्रमा राम्रो होला । योग्यताको कदर होला । भारदारहरु मात्रै नभै योग्य जनताका सन्तानले जिम्मेवारी पाउलान भनेको त उल्टो पो भयो ।
    जब एसएलसी नि बल्लतल्ल पास गरेको ब्यक्ती केही बर्ष आन्दोलनमा सहभागी भएर नेता बनेकै भरमा बिना अध्ययन अर्थमन्त्री पदको दावी गर्न थाल्छ र बन्छ । त्यो मुलुकको गति ओरालो नलागे कस्को लाग्छ ?
    बिग्रदै गएको काग्रेस
    काङ्ग्रेसले त केही अगाडिसम्म आफ्नो इज्जत धानेरै राखेथ्यो । तर अहिले कांग्रेसले समेत अर्थमन्त्री बन्न अर्थशास्त्र बुझन पर्दै भन्ने गुरिल्ला सिद्धान्त अंगाल्न भ्याइसकेको छ ।
    अलिक पढेलेखेका र बुझेकाहरुको पार्टी भनिने काग्रेस जब अर्थ र पर-राष्ट्रजस्तो प्राबिधिक मन्त्रालयको जिम्मा एउटा कखरा मात्रै जानेको ब्यक्तिलाई दिन थाल्छ । अनि काग्रेसकै यो अधोगतिले देशलाई भडखालोमा हाल्न बाहेक केही गर्दैन ।
    रामशरणलाई चिनेनौं कि ?
    गिरिजाप्रसादले जतिसुकै आलोचना खेपेर भए पनि डाक्टर रामशरण महतलाई किन अर्थमन्त्री बनाईरहे ? भन्ने कुरा अब मान्छेहरुले बुझ्नेछन ।
    रामशरण महतलाई चुईया लोभी र आफ्नै सम्पत्ति दिनु परेजस्तो गर्छ भन्दै गाली गर्नेहरुले भेनेजुएला र श्रीलंकाको अवस्था हेरेर अब बुझ्नेछन डा. महतको दूरदर्शिता ।
    कुनै बेला म स्वयं डा महतको आलोचक नै थिए । कतिपय कुरामा अहिले पनि मेरो उनीसंग ठुलो बिमति छ । नलेजको हिसाबले फरक शैलीको राजनितिको अपेक्षा गरेका हामिहरुका लागि उनले ३ दशकसम्म अपनाएको पन्चायती शैलीकै अर्जुननरसिंहकै कपिक्याट राजनिती सबैभन्दा मन नपर्ने तितो र गलत थियो।
    तर उनले देशलाई जरैदेखि बलियो बनाउनुपर्छ भनेर पार्टीकै नेताहरुसंग झगडा गरेर बसाएको अर्थतन्त्रको थिती अहिले विजोग अवस्थामा पुगिसकेको छ । त्यो पनि काग्रेसकै नेतृत्वमा रहेको सरकारले त्यसलाई ध्वस्त बनाइरहेको उनी चुपचाप हेरिरहेछन ।
    कम्निस्टहरु राज्यकोष ब्यक्तिलाई बाडेर पपुलर बन्दै देश टाट पल्टाउने नीति राख्छन । तर उनीहरुकै भाषामा पुजीवादी दलाल भनिने डा.महतहरु देशको ढुकुटी बलियो नाएर कुनैपनि संकटलाई टार्न सक्षम हुने निति बनाउछन ।
    वितरणमुखि अर्थतन्त्रले देश कसरी सिद्धिन्छ भन्ने उदाहरण त संसारकै धनी देशमा पर्ने भेनेजुएला ५ बर्षकै बिचमा टाट पल्टेर भोकमरी लागेको उदाहरण देखेको हिजोमात्रै हो ।
    अहिले श्रीलंका टाट पल्टेपछी हामीकहां बहस शुरु भयो । अब पाकिस्तान टाट पल्टिने लाइनमा हामीभन्दा अगाडी छ । यस्तै हो भने ढिलोचाडो हाम्रो पालो पनि आइहाल्छ ।
    देश चुनाव गराउने, चुनाव जित्ने अनि कुर्सीमा बसेर भ्यु टावर बनाउदै जग्गा प्लटिङ कसरी गर्ने भन्नेबाहेक अरु सोच्ने नसक्नेहरुको कब्जामा छ । हामी त हेरेर रामराम भन्ने न हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *