देश

गणेश पराजुलीले संसदमा दिएको विवादास्पद अभिव्यक्ति हटाउन सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का संसदीय दलका नेता गणेश पराजुलीले संसद्मा दिएको केही अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

वैशाख २९ गतेको प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा पराजुलीले प्रयोग गरेका केही शब्द संसदीय मर्यादा विपरीत भएको निष्कर्षसहित सभामुखले ती अभिव्यक्ति हटाउन आदेश दिएका हुन् ।

पराजुलीले सम्बोधनका क्रममा “भरौटे” तथा “लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो” भन्ने शब्दावली प्रयोग गरेका थिए । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुख अर्यालले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सभामुखले सांसदहरूलाई सदनमा बोल्दा संयमित र मर्यादित भाषा प्रयोग गर्न पनि सचेत गराएका छन् । उनले संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले अभिव्यक्तिमा शिष्टता कायम राख्नुपर्ने उल्लेख गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *