काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् ।
मंगलबार महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका बनाउने प्रयासका साथ काम जारी रहेको उद्घोष गरे ।
‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भने ।
ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको उनले भने । मेयर महर्जनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।
‘ धापाखेलको बाटो नबन्नाले लाजमर्दो भएको बताए । वडा नं २३ र २४ को संघीय सरकारको बाटो भएकाले केही गर्न नपाइने अवस्था रहेको उल्लेख गरे । सरकारले मुआब्जा नदिएकाले त्यहाँका स्थानीयहरु पीडामा परेको उनले बताए ।
महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन आवश्यक रहेको उनले बताए ।



