मुख्य समाचार

मिटरब्याज पीडकहरूलाई तत्काल कारबाही गर्न सरकारसमक्ष झलनाथको माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । मिटरब्याज पीडितहरुले थालेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको उनले बताएका छन् । ‘मिटरब्याज पीडित किसानहरू मेची र महाकालीबाट आन्दोलनमा उत्रिन बाध्य भएका छन् ।

यो आन्दोलन दलाल पूँजीवाद र तिनीहरूका राजनीतिक प्रतिनिधिहरूले भूमिहीन, गरिब र मध्यम किसान जनता माथि गर्दै आएको मिटरब्याजी भनिने निर्मम, क्रूर र भयावह शोषण, अन्याय, अत्याचार र जनलुटका विरुद्ध जारी किसान आन्दोलन भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

सरकारले किसानहरूका माग पूर्ति गर्न र उनीहरूलाई लुट र अत्याचारबाट मुक्त पार्ने ठोस र क्रान्तिकारी कदम उठाउन नसकेको उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *