काठमाडौं । संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले जेलमा रहेका सांसद रेशम चौधरीसँग भेटवार्ता गरेका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई डिल्लीबजारस्थित कारागार पुगेर चौधरीसँग भेटवार्ता गरेका हुन् । भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए ।
हिजोमात्रै जनमत पार्टींका अध्यक्ष सीके राउतले समेत रेशम चौधरीसँग भेटवार्ता गरेका थिए ।




