राजनीति

घनश्याम भुसालमाथिको कारबाही सिफारिस अनुमोदन

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले घनश्याम भुसाललाई कारवाही गर्ने सिफारिस अनुमोदन गरेको छ ।

पार्टी कार्यालयमा मंगलबार बसेको आयोगको पूर्ण बैठकले भुसाललाई कारवाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गर्ने निर्णय गरेको हो ।

भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *