देश

सरकारले प्रधान्यायाधीश बनाउन जालझेल गर्योः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्न ठूलो प्रपञ्च रचेको आरोप लगाएका छन्।

बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानन्यायाधीश नियुक्तिका लागि सरकारले ‘जालझेल’ गर्दै आफूअनुकूल नाम अघि सार्ने प्रयास गरिरहेको दाबी गरे।

थापाले भने, “भोलि साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री, सभामुख र कानुनमन्त्री मिलेर आफ्नो खल्तीबाट निकालिएको नामलाई प्रधानन्यायाधीश बनाउने प्रपञ्च भइरहेको छ।”

उनका अनुसार विगतमा पनि प्रधानमन्त्रीले आफ्नो अनुकूल व्यक्ति ल्याउन खोज्दा कांग्रेसले रोक्ने प्रयास गरेको थियो तर अहिले अध्यादेशमार्फत प्रक्रिया परिवर्तन गरिएकाले त्यसलाई रोक्न कठिन भएको उनले बताए।

थापाले वर्तमान प्रक्रिया लोकतान्त्रिक अभ्यासविपरीत रहेको भन्दै यसप्रति कांग्रेसको गम्भीर आपत्ति र प्रश्न रहेको पनि उल्लेख गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *