काठमाडौँ ।नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदानमा हुने आइसिसी विश्वकप लिग–२ अन्तर्गतको खेलका लागि प्रवेश टिकटको मूल्य घटाएको छ।
क्यानले ओमानसँगको खेलअघि साविक ४०० रुपैयाँ रहेको टिकट दरमा ५० प्रतिशत कटौती गर्दै २०० रुपैयाँ कायम गरेको हो। दर्शकको उपस्थिति बढाउने उद्देश्यले मूल्य घटाइएको जनाइएको छ।
नेपालले लिग–२ को त्रिकोणात्मक शृङ्खलामा ओमान र यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ। शृङ्खलाको अन्तिम खेलमा बढी दर्शक आकर्षित गर्न क्यानले यस्तो निर्णय गरेको हो।
नेपाल र ओमानबीचको खेल मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।




