राजनीति

कमल थापाले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् ।

करको दर निर्धारण गर्ने संवेदनशील कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य भएको बताउँदै अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने अध्यक्ष थापाले बताएका हुन् ।

उनले भनेका छन,‘बजेट निर्माण र खासगरी करको दर निर्धारण गर्ने संवेदनशीलरगोप्य कार्यमा असम्बन्धित र गैरजिम्मेवार व्यक्तिलाई संलग्न गराउनु जघन्य आर्थिक अपराध र अनैतिक कार्य हो । अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्छ । अन्यथा उहाँलाई प्रमले पदबाट हटाउनु पर्छ वा पार्टीले फिर्ता बोलाउनुपर्छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *