राजनीति

नेकपा एकीकृत समाजवादीका स्याङ्जा सचिव एमालेमै फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादी स्याङ्जाका सचिव टिकाराम नेपाली एमाले प्रवेश गरेका छन् ।

नेपालीलाई एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले प्रवेश गराएका हुन् ।

नेपालीसँगै समाजवादी निकटको अनेरास्ववियूका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाईँ, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *