काठमाडौं । जसपाको विधान अधिवेशन आगामी असार १ र २ गते हुने भएको छ ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १६ गते बसेको बैठकले आगामी असारमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ ।




