देश

सुकुम्बासी मुद्दामा कांग्रेसको धारणा: दमन होइन, दीर्घकालीन समाधान र ‘ड्यु प्रोसेस’ अनिवार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याबारे आफ्नो धारणा सार्वजनिक गर्दै दीर्घकालीन र न्यायोचित समाधानमा जोड दिएको छ ।

प्रवक्ता देवराज चालिसेले भूमि र आवास प्रत्येक नागरिकको मौलिक आवश्यकता भएको उल्लेख गर्दै वास्तविक सुकुम्बासीको पहिचान र व्यवस्थापन सरकारको जिम्मेवारी भएको बताए ।

उनले सुकुम्बासी समस्या समाधानका क्रममा दमनको बाटो अवलम्बन गर्न नहुने चेतावनी दिँदै ‘ड्यु प्रोसेस अफ ल’ अर्थात् कानुनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिए ।

प्रवक्ता चालिसेले अदालतका व्याख्या र मानवअधिकारका मान्यतालाई सम्मान गर्दै वैकल्पिक व्यवस्था सुनिश्चित नगरी बल प्रयोग गर्नु उचित नहुने धारणा व्यक्त गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *