काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रालय आफैंसँग राख्ने भएका छन् ।
गृहमन्त्री पदबाट सुधन गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री शाहले तत्काल नयाँ गृहमन्त्री नियुक्त नगरी मन्त्रालय आफैंसँग राख्ने भएका हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हालका लागि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्ने छन् ।
सुधन गुरुङसँग सम्बन्धित विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने तयारीसमेत भइरहेको स्रोतले जनाएको छ । उक्त समितिको प्रतिवेदन नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीकै मातहत रहने बताइएको छ ।
स्रोतका अनुसार, छानबिनपछि गुरुङ दोषी नदेखिए पुनः उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिने विषयमा पनि छलफल भइरहेको छ ।




