देश

कांग्रेस आधिकारिकता विवादको सुनुवाइ आज पनि, आदेश आउन सक्ने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। सोही रिटको सुनुवाइ आज पुनः अघि बढ्ने भएको हो।

बिहीबार निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए। आज गगन थापा पक्षका वकिलको बहसपछि जवाफी बहस हुने तयारी छ।

समय व्यवस्थापन भए आजै आदेश आउन सक्ने सम्भावना समेत रहेको बताइएको छ।

विशेष महाधिवेशनपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई मान्यता दिएको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको थियो। सोही मुद्दा विचाराधीन रहँदा नयाँ महाधिवेशन कार्यतालिका आएपछि देउवा पक्षले अर्को रिट दायर गरेको हो। दुवै रिट एकसाथ सुनुवाइ भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *