देश

बडिगाड गाउँपालिकाले किसानलाई अनुदानमा दियो यान्त्रिक हलो

बागलुङ । बडिगाड गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ ।

यान्त्रिकीकरणमार्फत किसानलाई व्यावसायिककृषिमा उन्मुख गराउन यान्त्रिक हलो (मिनीटेलर) प्रदान गरिएको हो । मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत १९ वटा यान्त्रिक हलो वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । गाउँपालिकाका आठ वडामा मकै प्रवद्र्धन कार्यक्रम सञ्चालन भइरहेको छ ।

खनजोत गर्न गोरु र जनशक्ति अभाव भएकाले किसानलाई यान्त्रिक हलो प्रदान गरिएको हो । कम जनशक्तिबाट पनि खनजोत गर्न यान्त्रिक हलो उपयोगी भएकाले यसतर्फ किसानको आकर्षण बढेको उपाध्यक्ष वनले बताए।

गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाख र किसानको ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गरिएको हो । एक हल गोरुले एक दिनभरिमा जोत्न बारीमा यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिने हुँदा उत्पादन वृद्धि गर्न मद्दत पुग्ने उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *