देश

शशांक कोइरालाद्वारा खड्कालाई सोधिएको स्पष्टीकरणप्रति आपत्ति, पार्टी एकतामा असर पर्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेता पूर्णबहादुर खड्कालाई पार्टीले सोधेको स्पष्टीकरणले आन्तरिक एकतालाई कमजोर बनाउने जोखिम रहेको बताएका छन्।

उनले पार्टीभित्रको बृहत् एकता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिँदै अहिलेको अवस्थामा यस्ता कदमहरूले थप दूरी बढाउन सक्ने चेतावनी दिएका हुन्।

कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीभित्र भइरहेका गतिविधिले संगठनात्मक एकतालाई असर पार्न सक्ने उनको भनाइ छ। उनले १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण भइसकेकाले पुनः अद्यावधिक गर्ने प्रक्रिया आवश्यक नभएको पनि बताएका छन्।

कोइरालाले भनेका छन्, “पछिल्लो समय कांग्रेसमा रूपान्तरणको आवश्यकता थियो, तर त्यसकै नाममा भएका गतिविधिले पार्टीलाई जटिल अवस्थातर्फ धकेलेको छ। अदालतमा मुद्दा विचाराधीन रहेका बेला आन्तरिक विवाद बढाउने कदमले पार्टी जीवन थप संकटमा पर्छ।”

उनले आफू पार्टीभित्र बृहत् एकता कायम गर्न निरन्तर प्रयत्नशील रहेको पनि स्पष्ट पारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *