देश

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सुकुम्बासी बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट सुरु हुनेछ । पहिलो चरणमा नदी किनार, सार्वजनिक जग्गा तथा सरकारी स्वामित्वका स्थानहरूमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरूलाई हटाइनेछ ।

साहले काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यतिबेला महानगर र सुकुम्बासीबीच तनाव बढेपछि उनी सफल भएका थिएनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *