मुख्य समाचार

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय कानुनको अवहेलनाले विश्वव्यापी विश्वास घट्ने चेतावनी दिँदै अन्तर्राष्ट्रिय अदालतले जारी गरेको फैसला पालना गर्नु संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गतको बाध्यकारी दायित्व भएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय अदालतको ८० औँ वार्षिकोत्सवको अवसरमा जारी वक्तव्यमा गुटेरेसले विगत आठ दशकमा आधुनिक अन्तर्राष्ट्रिय न्यायीक व्यवस्थालाई आकार दिन अदालतले केन्द्रीय भूमिका खेलेको बताउनु भएको छ ।

अदालतको अधिकार र स्वतन्त्रता बारे उल्लेख गर्दै उहाँले विवादको शान्तिपूर्ण समाधान र निर्णयको पालनाको लागि नयाँ प्रतिबद्धताको आवश्यकतालाई जोड दिनु भएको छ ।

गुटेरेसले सशस्त्र द्वन्द्व वढाउने, नियमहरू उल्लङ्घन गर्ने सैन्य कार्यहरू, साथै संयुक्त राष्ट्र सङ्घको मानवीय दायित्व र सुरक्षा कायम गर्ने असफलताहरूलाई औंल्याउँदै अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन तिव्र रुपमा भएको बताउनु भएको छ । यसै बीच न्याय कायम राख्ने जिम्मेवारी दिइएको संस्थाहरूले बढ्दो शङ्का र चुनौतिहरूको सामना गरिरहेको उहाँले चेतावनी दिनु भएको छ ।

उहाँले विधिको शासनलाई बलको कानूनले प्रतिस्थापन गर्ने प्रयास गर्दा द्वन्द्व वढी विश्वव्यापी अस्थिरता उत्पन्न हुने बताउनु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *