देश

बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर। बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही वैशाख ६ गते बिहान ११ः०० बजे बस्नेगरी आह्वान गरिएको छ ।

उक्त दिन बस्ने बैठकमा गत चैत २५-२६ गते बसेको बैठकमा प्रस्तुत भएको विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल गर्ने र विधेयकमाथि दफाबार छलफल गर्ने कार्यका लागि विभिन्न समितिमा पठाउने कार्यसूची रहने प्रदेशसभाका सचिव रामकुमार पौडेलले बताए ।

विभिन्न समितिमा पठाइने सो विधेयकमाथि दफाबार छलफल हुने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *