मुख्य समाचार

कांग्रेस नेता मोहन बस्नेतको खुट्टामा समस्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको खुट्टामा समस्या भएको छ । नेता बस्नेत यतिबेला समस्या देखिएको खुट्टाको उपचार गराइरहेको उनको निजी सचिवालयले जनाएको छ ।

नेता बस्नेतको देब्रे खुट्टा मर्किएपछि प्लास्टर गरिएको छ । घरको भर्‍याङबाट ओर्लने क्रममा देब्रे खुट्टा मर्किएपछि उनकाे प्लास्टर गरिएको हो । चिकित्सकहरूले कम्तिमा एक महिना आराम गर्न सल्लाह दिएका छन् ।

यदपि नेता बस्नेत एकहप्ता आराम गरेर गृहजिल्ला सिन्धुपाल्चोक जाँदैछन् । चुनावका अनौपचारिक कार्यक्रममा सहभागी हुन उनी सिन्धुपाल्चाेक जाने तयारी गरेको बुझिएको छ । स्थानीय निर्वाचन नजिकिएपछि खुट्टामा समस्या भए पनि जिल्ला जानुपर्ने बाध्यता भएको नेता बस्नेतको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *