देश

संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको “संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’’ को दोस्रो बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो तीन बजे बस्ने बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दामाथि छलफल हुने जनाइएको छ ।

बैठकमा कार्यदलको आगामी कामकारबाहीका लागि प्रस्तावित कार्ययोजना सम्बन्धमा पनि विचारविमर्श हुने कार्यक्रम छ ।

कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई व्यवस्थित ढङ्गले अध्ययन गर्दै बहसपत्र तयार गर्ने लक्ष्य राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *