देश

रास्वपाले टुंगायो समितिका सभापतिका उम्मेदवार, को को छानिए ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले संसदीय समितिका सभापतिका उम्मेदवार टुंग्याएको छ ।

बिहीबार मध्याह्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका लागि उम्मेदवार तय गरेको हो । पार्टीका एक सांसदका अनुसार प्रस्तावित नामहरू बैठकबाट अनुमोदनसमेत गरिएको छ ।

रास्वपाले उम्मेदवार छनोट गर्दा अनुभव भएका तथा विषयगत विज्ञता भएका सांसदलाई प्राथमिकता दिएको जनाएको छ । यस्तै, सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लाई दिने निर्णय गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गत संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ भने निर्वाचन शुक्रबारका लागि तय गरिएको छ ।

रास्वपाले प्रस्ताव गरेका सभापति उम्मेदवारहरू:

कानून, न्याय तथा मानवअधिकार समिति – समीक्षा बाँस्कोटा
पूर्वाधार विकास समिति – आशिष गजुरेल
राज्य व्यवस्था तथा सुशासन समिति – हरि ढकाल
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति – अशोककुमार चौधरी
महिला तथा सामाजिक मामिला समिति – आकृति अवस्थी
उद्योग, वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समिति – रहबर अन्सारी
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति – ओजश्वी शेरचन
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति – सुम्नीमा उदास
अर्थ समिति – कृष्णहरि बुढाथोकी
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व समिति – गणेश कार्की
संसदीय सुनुवाइ समिति – बोधनारायण श्रेष्ठ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *