देश

हर्क साम्पाङको बालेन सरकारप्रति तीव्र आलोचना

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन नेतृत्वको स्थानीय सरकारप्रति असन्तुष्टि जनाएका छन् । सुकुम्बासी बस्ती हटाउने अभियानलाई लिएर उनले सामाजिक सञ्जालमार्फत आलोचना गरेका हुन् ।

साम्पाङले सरकारको कदमलाई गरीबविरोधी भन्दै असफलताको संकेतका रूपमा टिप्पणी गरेका छन् । उनका अनुसार गरीबको गाँस र बास खोस्ने कार्य कुनै पनि हालतमा उचित ठहरिन सक्दैन ।

उनले सरकारलाई गरीबको जीवन सहज बनाउन नसक्ने र दमनका माध्यमबाट समस्या समाधान गर्न खोज्ने प्रवृत्तिको विरोध गरेका छन् । साथै, उनले भ्रष्टाचार गरेर विलासी जीवन बिताउनेहरूमाथि प्रश्न उठाउँदै गरीबका लागि सुरक्षित वातावरण निर्माण गर्न चुनौती दिएका छन् ।

साम्पाङले लोकतान्त्रिक मूल्य कमजोर हुने गरी बल प्रयोग गर्नु उचित नभएको उल्लेख गर्दै नागरिकहरूलाई सरकारका नीतिहरूको समीक्षा गर्न आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *